युनिलिभर नेपालले भूकम्प पीडितलाई राहत बाँड्याे

 कात्तिक २०, २०८० सोमबार १७:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युनिलिभर नेपालले पश्चिम नेपालका भूकम्प पीडितलाई राहत प्रदान गरेकाे छ ।

युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई राहत प्रदान गरेकाे छ । मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरूप प्रभावित क्षेत्रहरूमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको कम्पनीले जनाएकाे छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, सात सय जना बल्याङ्केट, दुई सय ५० थान पाल र स्थानीयरूपमा खरिद गरिएका खाद्यान्न जाजरकोट र रुकुम पश्चिममा वितरण गरेको छ । युनिलिभर नेपालले स्थानीय निकाय, सङ्घ–संस्था, सङ्गठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरणको काम गरिरहेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया