उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताउनुभएको छ ।
‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ’, भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँग भन्नुभयो ।
भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताउनुभयो ।
इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्बिर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’
भोन डेर लेयेनले कुटनीतिज्ञहरूसँग भन्नुभयो, ‘द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि वातावरण हुनु आवश्यक छ ।’
उहाँले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्र सङ्घको म्यान्डेटअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ ।’
इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।