उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सप्तरी - सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुअौषधसहित पक्राउ गरेको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो ।
बाेदे बर्साइन नगरपालिका वडा नम्बर ५ का सह-संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताउनुभयो ।
त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।