भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

 कात्तिक २२, २०८० बुधबार ७:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताउनुभयो ।

मध्यपुर अस्पतालले भक्तपुर जिल्लामै पहिलो पटक एमआरआई सेवा शुरु गरेको भन्दै अध्यक्ष कार्कीले अब एमआरआई सेवा लिन भक्तपुर तथा काभ्रे लगायतका पूर्वका बिरामीले काठमाण्डौ भाैँतारिनुपर्ने बाध्यता अन्त्य भएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया