उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरैजसो पीडितले अझै राहत पाउन सकेका छैनन् । राहत रकम धमाधम सङ्कलन भइरहे पनि प्रभावितसम्म पुग्न सकेको छैन । घरबार विहीन भएका धेरै पीडितहरु अहिलेसम्म पनि खुला ठाउँमा बसिरहेका छन् । उनीहरु खाली ठाउँमा कष्टका साथ सामूहिक रुपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव छ ।
यस्तै, शौचालय भत्किँदा खुला ठाउँमा शौच गर्नु पर्ने बाध्यता छ । यसले गर्दा झाडापखाला जस्ता सरुवा रोगको जोखिम बढेको छ । धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । राहतमा पाएका एउटा त्रिपाल र ब्लाङकेटले चिसो छल्न नसकेको पीडितहरु बताउँछन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भने प्रभावितसम्म राहत पठाउने काम भइरहेको बताउनु भएको छ ।
गएको शुक्रवारको भूकम्पपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । राहतको पखाईमा रहेका पीडितहरु थप त्रसित भएका छन् । उनीहरुलाई मनोसामाजिक परामर्श सेवाको खाँचो रहेकालले राहतसँगै परामर्श दिन विज्ञले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।