चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

 कात्तिक २२, २०८० बुधबार १४:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे ।

आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका थिए । राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै देश एकअर्काको दुःखमा साथमा रहेको भन्दै मन्त्री श्रेष्ठले यो द्रुत सहयोगले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रमाणित गरेको बताउनुभयो ।

यस्तै राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको दुःखमा चीनले मलम लगाउने प्रयास गरेको बताउनुभयो ।

चीनबाट आज चार हजार छ सय वटा कम्बल र छ सय वटा टेन्ट आएका छन् । यसअघि रसुवागढी नाका हुँदै २३ वटा ट्रकमा १० करोड रुपैयाँ बराबरका राहत सामग्री आएका थिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया