पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारतका ओपनर ब्याटर शुभमन गिल आईसीसीकाे एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।
आईसीसीकाे पछिल्लाे वरीयतामा पाकिस्तानका बाबर आजमलाई पछि पार्दै गिल एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन् । २ वर्षभन्दा बढी समयपछि बाबरकाे शीर्ष वरीयता खाेसिएकाे हाे ।
शुभमन गिलले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । याे वर्ष उनले २६ एकदिवसीय खेलेकाेमा ५ शतकसहित १ हजार ४ सय ४९ रन बनाएका छन् । गिल विश्वकपकाे शुरुवातमा फिट थिएनन् तर उनले ६ खेल खेल्दै २ सय १९ रन बनाएका छन् ।
एकदिवसीयतर्फ ब्याटरकाे शीर्ष वरीयतामा स्थान बनाउने गिल चौथो भारतीय खेलाडी हुन् । यसअघि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहली शीर्ष वरीयतामा पुगेका थिए ।
एकदिवसीय ब्याटरकाे वरीयतामा तेस्राे स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक, चाैथाे स्थानमा भारतका विराट काेहली, पाँचाैँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर, छैटाैँ स्थानमा भारतका कप्तान राेहित शर्मा, साताैँ स्थानमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन, आठाैँ स्थानमा आयरल्यान्डका ह्यारी टेक्टर, नवाैँ स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन र दशाैँ स्थानमा इङ्ग्ल्यान्डका डेविड मलन छन् ।
यस्तै एकदिवसीय बलरकाे वरीयतामा भारतकै माेहम्मद सिराज शीर्ष स्थानमा पुगेका छन् ।
बलरकाे वरीयताकाे दाेस्राे स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, तेस्राे स्थानमा अस्ट्रेलियाका एडम जम्पा, चाैथाे स्थानमा भारतका कुलदीप यादव, पाँचाैँ स्थानमा पाकिस्तानका शाहीन अफरिदी, छैटाैँ स्थानमा अस्ट्रेलियाका जाेश हेजलवूड, साताैँ स्थानमा अफगानिस्तानका राशिद खान, आठाैँ स्थानमा भारतका जसप्रीत बुमराह, नवाैँ स्थानमा न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र दशाैँ स्थानमा भारतका माेहम्मद शमी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।