पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूत सिफारिस

 कात्तिक २३, २०८० बिहीबार १४:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डै – सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा रहेका नेपालीहरूको मागअनुसार राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री मन्त्री रेखा शर्माले बताउनुभयो ।

सरकारले सनिल नेपाललाई पोर्चुगलको राजदूतमा नियुक्तिको सिफारिस गर्ने समेत निर्णय गरेको छ । पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको र दूतावास स्थापनाको माग हुन थालेपछि सरकारले दूतावास स्थापना गर्ने र राजदूत पठाउने निर्णय गरेको हो । पोर्चुगलमा २० हजारभन्दा धेरै नेपालीहरू रहेको अनुमान छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया