धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

 कात्तिक २३, २०८० बिहीबार १४:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो ।

प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनुभएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया