शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाख रुपैयाँको कारोबार

 कात्तिक २३, २०८० बिहीबार १५:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको शेयर सात प्रतिशतले बढेको छ । आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया