ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

 कात्तिक २४, २०८० शुक्रबार १०:५६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । 

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका पस (पी‌ओएस) मेसिनमा एक हजार रुपैयाँ वा त्यसभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा तीन सय रुपैयाँ अथवा  ५ वटा कारोबारमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पीओएस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि भाेलि कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ । 

बैंकको मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखेर भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया