उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मुगु - छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीवार हिजाे पक्राउ परेका उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गर्ने तयारी गरेको छ ।
पक्राउ पर्नेमा एक जना मृतकका मामाका छोरा तथा अर्का छिमेकी गाउँका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो ।
हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।