राैतहटकाे माैलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वाेच्चकाे अन्तरिम आदेश

 कात्तिक २४, २०८० शुक्रबार १८:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

आज शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहकाे पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ ।

यसअघि नेकपा एमालेको सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । साह २०७९ वैशाख ३० गते भएकाे पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित हुनुभएकाे थियाे । तर उहाँले एमाले छाडेपछि पार्टीले कारबाही गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया