उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ । मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ । नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवि र भारतको जौलजिवि बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ । काली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ । जोलजिवि मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ । मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवि पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको छ ।
सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरी मेलाको शुरुवात गरेको सम्झनामा हरेक वर्ष मंसिर १ गतेदेखि जोलजिवि क्षेत्रमा मेला हुँदै आएको छ । जोलजिवि मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत व्यापार हुने गरेको छ । मेला वर्ष दिनमा लाग्ने भएकाले स्थानीयहरुले कपडा खरिद गर्ने, घरेलु आवश्यक सामान खरिद गर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।