काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ : प्रहरी

 कात्तिक २६, २०८० आइतबार १४:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे । 

काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नु भएकाे छ । उहाँले कसैले समय तोकेर देउसीभैलाे खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

'काठमाण्डौमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ 'उहाँले भन्नुभयाे ।  

उहाँले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताउनु भयो । उहाँले  सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गर्नुभयाे । 

यसअघि काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताउनु भएकाे भियाे । मेयर शाहकाे भनाइप्रति लक्षित गर्दै प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो ।

उहाँले नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया