गोरखाको धार्चेमा एउटा घरमा आगलागी हुँदा आमाछोराको ज्यान गयो

 कात्तिक २६, २०८० आइतबार १५:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकको एउटा घरमा गएराति आगलागी हुँदा आमाछोराको जलेर ज्यान गएको छ ।

राति १० बजेतिर भएको आगलागीमा परेर ७८ वर्षकी कान्छी गुरुङ र उहाँका ५३ वर्षका छोरा चनारसिंङ गुरुङको ज्यान गएको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिनुभयो ।

घरमा आमाछोरा मात्रै बस्दै आएका र छोरा चाहिँ बोल्न तथा सुन्न नसक्ने खालको अपाङ्गता भएका र मानसिक अवस्था पनि ठिक नभएको रहेका वडाध्यक्ष गुरुङले बताउनुभयो ।

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया