हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 कात्तिक २७, २०८० सोमबार ८:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् ।

ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल थापाले नै चलाएका थिए । मोटरसाइकलको पछाडि बसेका हेटाैँडा–२ सङ्गमचोककी १८ वर्षीया बेबिशा खड्गीको अवस्था गम्भीर रहेको छ । खड्गीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

यस्तै, हेटाैँडा–५ गर्दोइ बस्ने १९ वर्षीया विनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया