सूर्योदय र हिमाल हेर्न म्याग्दीकाे बेलढुङ्गा जाऔँ

 कात्तिक २८, २०८० मंगलबार ९:३६:२४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमालहरु देखिने । पूर्वतर्फबाट सूर्योदयको रोमाञ्चक दृश्य देख्न पाइने । 

पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यतालाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ । 

हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न सकिने बेलढुङ्गाको बारेमा बयान गरिसाध्य छैन । हिमाललाई नजिकबाट हेर्न, पुस र माघमा हिउँ खेल्न तथा लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुने गर्छन् । 

‍म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जामा रहेकाे ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा हिजोआज स्वदेशी पर्यटकहरु भ्रमण गर्ने गन्तव्य बनेको छ ।

बेलढुङ्गाको भ्रमणका लागि यहाँ पुग्ने पर्यटकहरुले फरक अनुभूति गर्छन् । पछिल्लो समय बेलढुङ्गा स्वदेशी पर्यटकको रोजाइमा परेको छ । म्याग्दीको भकिम्ली र बाग्लुङको धम्जामा कार्यक्रम लिएर जानेहरु पनि एकपटक बेलढुङ्गा पुगेर फर्कन्छन् । 


 

अन्तिम अपडेट: कात्तिक २८, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया