नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ : मेयर शाह

 कात्तिक २८, २०८० मंगलबार १२:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा नेपाल संवत ११४४ को कार्यक्रममा मेयर शाहले काठमाण्डाै महानगरले पहिल्यैदेखि नेपाल संवतकाे प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । आउँदाे वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने उहाँकाे विश्वास छ ।

उहाँले भन्नुभयो, ‘नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाण्डाै महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ ।’

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया