दक्षिण कोरियामा एक शताब्दीपछिकै बाक्लो हिमपात, तीन जनाको ज्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – आज विश्व मधुमेह दिवस । ‘मधुमेह हेरचाहमा पहुँच’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो ।
मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् ।
नेपालमा पनि अस्वस्थ खाना र जीवनशैली, सहरीकरण तथा आर्थिक/सामाजिक अवस्था परिवर्तनका कारण गैरसङ्क्रामक रोगहरू देखा परिरहेका डाक्टरले बताएका छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरको भनाइ छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रूपमा क्रियाशील रहनु हो ।
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन् । यो सङ्ख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा हरेक आठमध्ये एक जनामा मधुमेह देखा पर्ने र त्यो सङ्ख्या बढेर ७० करोड ८३ लाख पुग्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।