उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ । यमपञ्चकको अन्तिम दिन भाइटीका लगाइने परम्परा अनुसार आज बुधवार बालगोपालेश्वरमा भाइटीका लगाउनेहरुको भिड देख्न सकिन्छ । आफ्नो दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले आज बालगोपालेश्वरमा गइ भाइटीका लगाउने परम्परा रहेको छ ।
आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाइटीका लगाइ आशिर्वाद दिने र लिनेहरुको भिड देख्न सकिन्छ । भाइटीका थाप्न पुग्नुभएका खेम ढकालले आफ्नो दिदीसँग टीका लगाउन नमिलेका कारण आफू टीका लगाउन बालगोपालेश्वर पुगेको बताउनु भयो । उहाँले दिदिबहिनीसँगै टीका लगाएको अनुभव आफूलाई भएको बताउनु भयो ।
त्यस्तै बद्रीनाथ श्रेष्ठले दिदीबहिनी नभएका कारण टीका लगाउन आएको र १० वर्ष यता बालगोपालेश्वरमा आइरहेको बताउनु भयो । त्यस्तै काशीलाल उपाध्याय बालगोपालेश्वरको दर्शन गर्न आएको बताउनु भयो । उहाँले आफ्नो दिदिबहिनी नभएका कारण मन्दिरमा आइ प्रसाद ग्रहण गरेको बताउनु भयो ।
त्यस्तै राजेन्द्र खड्गीले दिदीहरु बितिसकेकाले बालगोपालेश्वरमा टीका लगाउन आएको बताउनु भयो । उहाँले आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने र यसरी टीका लगाउन पाउँदा खुसी लागेको बताउनु भयो । कीर्तिपुरका राम महर्जनले आफू सानै बेलादेखि टीका लगाउने गरेको र त्यसै अनुसार मन्दिरको दर्शन गर्न आएको र टीका पनि लगाएको बताउनु भयो ।
यस्तै बालगोपालेश्वरमा १० वर्ष यता टीका लगाइदिँदै आउनुभएकी सञ्जु महर्जनले टीका लगाउन पाउँदा खुशी लागेको बताउनु भयो । दाजुभाइबाट आशीष पाउँदा खुशी लाग्ने बताउनु भयो । त्यस्तै टीका लगाइदिन बालगोपालेश्वर आउनुभएकी धनमाया श्रेष्ठले विगत तीन वर्ष यता टीका लगाइदिँदै आएको बताउनु भयो ।
उहाँले दाजुभाइहरुलाई टीका लगाइदिन पाउँदा खुसी लाग्ने गरेको बताउनु भयो । त्यस्तै पहिलो पटक आउनुभएकी मंगली श्रेष्ठले आफ्ना दाजुभाइ नभएका कारण बालगोपालेश्वरमा टीका लगाइदिन आएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।