उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जाजरकाेट – जाजरकाेट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएकाे भूकम्पमा परि ज्यान गुमाएकाे व्यक्तिकाे सम्झनामा सदरमुकाम खलङ्गाकाे ठाँटी बजारमा दीप प्रज्वलन गरिएकाे छ । आज बुधवार नागरिक समाज जाजरकाेटकाे आयाेजनामा दीप प्रज्वलन कार्यक्रम भएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सप्तरीमा कार्यरत जाजरकाेटका मुख्य न्यायाधीश हेमन्त रावलले कार्यक्रमकाे शुभारम्भ गर्नुभयाे । त्यसपछि उपस्थित आफन्त तथा स्थानीयले गरी दुई सय ५६ वटा मैनबत्ती बालिएकाे थियाे । मृतकका फाेटाेमा पुष्प गुच्छासमेत चढाइएकाे थियाे ।
यही कात्तिक १७ गते राति रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाकाे ज्यान गएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।