बिक्री नहुँदा काउली सस्तो, सुकेको प्याजको भने मूल्य बढ्दो

 कात्तिक ३०, २०८० बिहीबार ७:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डा – काठमाण्डौमा हरियो तरकारीको भाउ सस्तिएको छ । चाडपर्व मान्न कतिपय काठमाण्डौ उपत्यका बाहिर गएकोले हरियो तरकारीको माग घटेको छ । यसको असर भाउमा पनि परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज हाईब्रिड काँक्रो किलोको १० देखि १५, लोकल काँक्रो किलोको २० देखि २५, भन्टा किलोको २० रुपैयाँ, मुला १० देखि १५ रुपैयाँ, गोलभेडा किलोको ४० रुपैयाँ रहेको छ । बजारमा मटरकोसा र सुकेको प्याजको भने भाउ बढिरहेको छ ।

उत्पादन र आयात कम हुँदा यी तरकारीको भाउ बढेको हो । बजारमा आज मटरकोसा किलो २ सय रुपैयाँ र सुकेको प्याज किलोको १ सय १० रुपैयाँ थोक मूल्य रहेको छ । यो थोक मूल्य हो । खुद्रा पसलमा यो भन्दा महँगो पर्छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया