यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ३ जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको ज्यान गएको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा त्यही ठाउँकी २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रबिना मगर घाइते भएका छन् । को २ ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको ज्यान गएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको हो ।
खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।