नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।
डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेका नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा आज बिहीवार ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो ।
मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरूप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवम् स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत एक सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली आज नेपाल आइपुगेको हो ।
नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरीयतामा रहेको छ । अहिले नेपालबाट पाँच सय ८२ महिला शान्ति सैनिकका रूपमा खटिएका छन् । जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।