विश्वकप छनाेटमा अर्जेन्टिना र ब्राजिल पराजित

 मंसिर १, २०८० शुक्रबार ८:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनाेटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गाेलले पराजित भयाे । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलकाे ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।

उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ ।

यस्तै आजै बिहान घरेलु मैदानमा भएकाे खेलमा ब्राजिल काेलम्बियासँग २–१ गाेलले पराजित भयाे । ब्राजिलले शुरुवाती गाेल गर्दै अग्रता लिए पनि काेलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्याे । काेलम्बियाका लागि लुइस डियाजले खेलकाे ७५ र ७९ मिनेटमा गाेल गरे । ब्राजिलका लागि खेलकाे ४ मिनेटमा गब्रेल मार्टीनेली गाेल गरे ।

ब्राजिल ५ खेलमा ७ अङ्कसहित पाँचाैँ स्थानमा छ । काेलम्बिया उति नै खेलमा ९ अङ्कसहित तेस्राे स्थानमा उक्लिएकाे छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया