११औँ एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

 मंसिर १, २०८० शुक्रबार १८:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : अन्नपूर्ण ट्रेक्स

काठमाण्डाै - ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् ।

६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् ।

आज अन्तिम दिन त्याङ्बोचेबाट लुक्लासम्मको दूरी सुमनले ३ घण्टा १० मिनेट र फुर्वाले चार घण्टा १ मिनेटमा पूरा गरे । प्रतियोगितामा सहभागी १० देशका २९ जना धावकमध्ये १० जना महिला र १९ जना पुरुष थिए । जसमा नेपालका एक महिला र एक पुरुष मात्रै सहभागी थिए ।

पर्यटन वर्ष सन् २०११ देखि एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । ६ दिनसम्म चल्ने दौडमा निर्धारित १ सय ७५ किलोमिटर दूरीमध्ये ३३ किलोमिटर दूरी उकालो ओरालो मात्रै रहेको छ ।

६ दिनअघि सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेँसी, थुप्तेनछोलिङ, रिङ्मु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर आज त्याङबोचेबाट लुक्लामा झरेर सकिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया