टिकटकलाई पत्र लेख्दै दूरसञ्चारले भन्यो–सरकारले गरेको निर्णय भएकाले सरकारसँगै कुरा गर्नू

 मंसिर २, २०८० शनिबार ६:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले सिङ्गापुरमा रहेको टिकटक कम्पनीलाई पत्र पठाएर टिकटक बन्द गर्ने निर्णयबारे सरकारसँगै कुरा गर्न भनेको छ । यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो । त्यसपछि दूरसञ्चार प्राधिकरणले पत्र पठाएर सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ ।

पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

गएको कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन् । टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यो रिटमाथि पर्सि सोमवार सुनुवाइ हुने भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया