विश्वकप क्रिकेट फाइनल : अस्ट्रेलियाले टस जितेर बलिङ राेज्याे

 मंसिर ३, २०८० आइतबार १३:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा अस्ट्रेलियाले टस जितेकाे छ ।

अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ राेजेका छन् । भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेकाे हाे । यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेकाे हाे ।

भारत र अस्ट्रेलियाले सेमिफाइनलमा खेलेकाे टाेलीलाई नै निरन्तरता दिएका छन् । अस्ट्रेलियाले ५ पटक उपाधि जितेकाे छ भने भारतले २ पटक उपाधि जितेकाे छ ।

भारतकाे प्लेइङ ११–
राेहित शर्मा (कप्तान), शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, माेहम्मद शामी, जसप्रीत बुमराह, कुलदीप यादव, माेहम्मद सिराज

अस्ट्रेलियाकाे प्लेइङ ११–
ट्राभिस हेड, डेभिड वार्नर, मिचेल मार्श, स्टेभेन स्मिथ, मार्नुस लाबुशेन, ग्लेन म्याक्सवेल, जाेश इङ्लिस (विकेटकीपर), मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), एडम जम्पा, जाेश हेजलवूड

अन्तिम अपडेट: मंसिर ३, २०८०

तपाईको प्रतिक्रिया