विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

 मंसिर ३, २०८० आइतबार १५:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । काेहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरकाे खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८०

तपाईको प्रतिक्रिया