विश्वकप क्रिकेट फाइनल : भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य

 मंसिर ३, २०८० आइतबार १८:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ काे फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य दिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयाे । भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट काेहली ५४ र कप्तान राेहित शर्माले ४७ रन जाेडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेकाे हाे । यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाले ५ पटक उपाधि जितेकाे छ भने भारतले २ पटक उपाधि जितेकाे छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८०

तपाईको प्रतिक्रिया