इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

 मंसिर ३, २०८० आइतबार १९:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले बताउनुभयो ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली दुर्घटनामा परेको हो । ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया