भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

 मंसिर ३, २०८० आइतबार २१:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍याे । पहिलो तीन विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्व कपको फाइनल खेलमा शतकीय पारी खेले । उनले १ सय २० बलमा १ सय ३७ रन बनाए ।

अस्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनायो । अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

अन्तिम अपडेट: मंसिर ४, २०८०

तपाईको प्रतिक्रिया