सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन वनस्पति विभागले निःशुल्क तालिम दिने

 मंसिर ४, २०८० सोमबार ७:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ ।

तिहारमा सयपत्री फूल बिक्री नभइ खेर गएको खबर सार्वजनिक भएपछि विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो ।

विभागका अनुसार सयपत्रीका फूलबाट सौन्दर्य सामग्री बनाउन प्रयोग गरिने ल्युटिन निकाल्न सकिन्छ । जसबाट सौन्दर्य सामग्री, क्रिम बनाउन सकिन्छ । यस्तै, सयपत्री फूलबाट सुगन्धित तेल र सुगन्धित अगरबत्ती पनि बनाउन सकिने विभागले जनाएको छ ।

विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ । 


 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया