आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

 मंसिर ४, २०८० सोमबार ८:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ ।

खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपैयाँमा झरेको छ ।

रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ । त्यस्तै, मुला, बन्दा, सागलगायतका तरकारीकाे भाउ सस्तिएको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०/२२ दिनको बीचमा मौसमी तरकारीको भाउ धेरै सस्तो भएको बताउनुभयो ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुभयो । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ ।

बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ।
    
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया