नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको छ।
यो खट जात्रा चापागाउँ बजारभित्र मात्र परिक्रमा गराइन्छ । जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा हुन्छ । कात्तिकशुक्ल अष्टमीका दिनमा देवदेवीको मूर्तिहरू बाहिर निकाल्नुभन्दा पहिले चोखो मण्डपमा राखेर तान्त्रिक विधिबाट पूजा गरिन्छ ।
मरुअष्टमीको दिनमा जात्रा गर्ने देवदेवीको मूर्तिहरू २०४६ सालमा चोरी भएकोले रोकिएको जात्रा गएको वर्षदेखि सञ्चालनमा आएको हो । चैत्र महिनामा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने गरेको छ ।
यसरी चापागाउँमा वर्षको दुईपटक बज्रबाराहीको जात्रा हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।