काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
च्याम्पियन्स लिगमा बार्सिलोना इन्टर मिलानसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।
इन्टरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एक गोलको अग्रता जोगाउन सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । झण्डै ८० हजार दर्शकमाझ भएको खेलको ८३ औं मिनेटमा माल्कोनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फिलिप कोउन्टिन्होको पासको सदुपयोग गरेका थिए ।
टिममा रहे पनि प्लेइङ सेटमा नपरेका मेसीबिना मैदानमा उत्रिएको बार्सिलोनाले ८७ औं मिनेटमा गोल खान पुग्यो । अर्जेन्टिनी खेलाडी माउरो इमानुयल इकार्डीले इन्टर मिलानका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । बराबरीपछि समूह बी मारहेको बार्सलोना १० अंकसहित पहिलो स्थानमा कायमै छ भने इन्टर मिलान दोस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा टोटनह्यामले पीएसभीलाई दुई एकले हरायो । उसको जितमा दुवै गोल हेरी केनले गरे । उनले खेलको ७८ औं र ८९ औं मिनेटमा गोल गरेका थिए । यता पेरीस सेन्ट जर्मेन भने नापोलीसँग एक एकको बराबरीमा रोकियो । बराबरीले नापोली समूह सी को शीर्ष स्थानमा पुग्दा पीएसजी तेसो स्थानमा कायमै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।