माेटरसाइकललाई ट्रकले ठक्कर दिँदा रुपन्देहीकाे ड्राइभर टाेलमा २ जनाकाे ज्यान गयाे

 मंसिर ४, २०८० सोमबार २०:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुपन्देही – सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमामा रहेकाे ड्राइभर टोलमा आज साेमवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा ना ६ ख ८१६१ नम्बरकाे ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको ज्यान गएकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

अन्तिम अपडेट: मंसिर ४, २०८०

तपाईको प्रतिक्रिया