पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलियासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको छ । पाँच खेलको शृङ्खलाका लागि अनुभवी खेलाडीलाई आराम दिइएको छ ।
भारतको विश्वकप टिममा रहेका सूर्यकुमार यादव र इशान किशनले मात्र टी–२० खेल्नेछन् । भारतीय टिममा सूर्यकुमार यादव, ऋतुराज गायकवाड, इशान किशान, यशस्वी जैसवाल, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, वाशिङ्टन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नाेई, अर्शदीप सिंह, प्रसिध कृष्णा, आवेश खान, मुकेश कुमार र श्रेयस अय्यर रहेका छन् ।
पहिलो खेल पर्सि २३ तारिखमा, दोस्रो खेल २६ तारिखमा, तेस्रो खेल २८ तारिखमा, चौथो खेल डिसेम्बर १ मा र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । गएको आइतवार भएको एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले भारतलाई हराएर उपाधि जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।