सर्वाधिक कर तिर्ने करदाता सम्मानित : व्यक्तिगततर्फ विजयबहादुर शाह र संस्थागततर्फ नेपाल टेलिकम

 मंसिर ७, २०८० बिहीबार ११:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सर्वाधिक कर तिर्ने करदातालाई आज सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गर्नुभयो ।

राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

व्यक्तिगत आयबाट सबैभन्दा धेरै कर तिर्ने उद्यमीका रुपमा विजयबहादुर शाह सम्मानित हुनुभएको छ । उहाँ हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक हुनुहुन्छ ।

संस्थागततर्फ सबैभन्दा बढी आय कर नेपाल टेलिकमले तिरेको छ । सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरिएको छ । त्यसैगरी वित्तीय संस्थाका तर्फबाट सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई पनि सम्मान गरिएको छ । रेमिट्यान्स कम्पनीमा आईएमईले सर्वाधिक कर तिरेकोमा सम्मानित भएको छ ।

सबैभन्दा धेरै निर्यात कारोबार गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स, कृषि एवम् पशुबाट ओसीबी फुड्स एण्ड फिट्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्थाले उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

बीमा व्यवसायमा लाइफ इन्स्याेरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारको कारोबार भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको छ ।

मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज रहेको छ । आयकर, मूल्य अभिवृद्धि करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) तर्फ सूर्य नेपाल प्रालि यी दुई विधामा सम्मानित भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया