नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानकाे मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत तयार गरेर ४५ हजार दुई सय २० रुपैयाँ हानी/नोक्सानी गरेको हुँदा महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
महतोलाई ४५ हजार दुई सय २० रुपैयाँ बिगो कायम गरेको आयोगका प्रवक्ता एवम् सहसचिव भोला दाहालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।