पहिलो पटक अमेरिकी कंग्रेसमा पुगे दुई मुस्लिम महिला

 कात्तिक २१, २०७५ बुधबार १४:३५:१ | एजेन्सी
unn.prixa.net

इल्हान उमर र राशिदा तालिब

अमेरिकाको मध्यावधि चुनावमा पहिलो पटक दुई जना मुस्लिम महिला कांग्रेसमा निर्वाचित भएका छन् । 

डेमोक्रेटिक पार्टीका उम्मेदवार इल्हान उमर र राशिदा तालिबले चुनाव जितेका हुन् । चुनाव जितेपछि इल्हान उमरले ट्विटरमार्फत राशिदालाई बधाई दिएकी छिन् । उनी लेख्छिन्, ‘मेरी बहिनी राशिदा, तिमीलाई जितको बधाई छ । म तिमीसँग काम गर्नका लागि एकदमै आतुर रहेकी छु । इन्साअल्लाह ।’

 

अमेरिकी संसदमा दुई जना मुस्लिम महिला निर्वाचित हुनुलाई निकै महत्वका साथ हेरिएको छ । पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति प्रवासी तथा शरणार्थीहरुको हितमा नभएको मानिन्छ ।

 

ट्रम्पले दिने गरेका मुस्लिमविरोधी अभिव्यक्तिबाट पनि त्यसको झलक देखिएको छ । यस्तो अवस्थामा दुई महिला अमेरिकी कांग्रेसमा निर्वाचित हुनु निकै ठूलो कुरा भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । 

हाउस अफ् रिप्रेजेन्टेटिभ्सका लागि ८९ जना महिला निर्वाचित भैसकेका छन् । यसअघि ८४ जना महिला सांसद निर्वाचित भएको रेकर्ड थियो । अझै केही सिटको नतिजा आउन बाँकी नै छ ।

इल्हान उमर मिनेसोटाबाट प्रतिनिधिसभामा चुनिने पहिलो सोमालियालीय अमेरिकी मुस्लिम महिला हुन् । टाइम म्यागाजिनका अनुसार १२ वर्षको उमेरमा नै उमर शरणार्थीका रुपमा अमेरिका आएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई बाल्यकालदेखि नै राजनीतिप्रति रुची थियो । म मेरो हजुरबुवाबाट प्रभावित थिएँ । उहाँ लोकतान्त्रिक विचारधारा निकै मन पराउनुहुन्थ्यो । मेरो लागि राजनीतिक सक्रियता जित र हारमा मात्रै सीमित छैन । म परिवर्तन चाहन्छु ।’

त्यस्तै ४२ वर्षीया राशिदा तालिब उमरजस्तै प्रवासी नागरिक नै हुन् । राशिदाका बुवा प्यालेस्टाइनबाट शरणार्थीका रुपमा अमेरिका प्रवेश गरेका थिए । राशिदाले सन् २००८ मै मिशिगन लेजिस्लेचरको चुनाव जितेकी थिइन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया