नेपाल सुपर लिगमा आज पोखरा र चितवन तथा बुटवल लुम्बिनी र ललितपुर खेल्दै

 मंसिर ९, २०८० शनिबार ८:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) मा आज दुई वटा खेल हुँदैछन् । आज पोखरा थन्डर्स र एफसी चितवन तथा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटीबीच खेल हुनेछ ।

पोखरा र चितवनबीचको खेल दिउँसो एक बजे तथा बुटवल लुम्बिनी र ललितपुरको खेल बेलुका साढे ५ बजे शुरु हुनेछ । यी खेल दशरथ रङ्गशालामा हुनेछन् ।

एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ ।

काठमाण्डौले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले हरायो । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया