एनएसएलमा धनगढीकाे राेमाञ्चक जित

 मंसिर १०, २०८० आइतबार १९:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेडलाई हराएको छ ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले वीरगञ्जलाई २–१ गोलले हरायाे । धनगढीका लागि फोडे फोफाना र अहमद हिजादीले गोल गरे भने वीरगञ्जका हान्स क्वोफीले एक गोल फर्काए । १–१ गोलको बराबरीमा रहेको खेलको ९० मिनेटमा गोल गरेपछि धनगढी विजयी भयो । धनगढी गएकाे संस्करणको उपविजेता हो ।

गएकाे शुक्रवारदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । एनएसएलको दोस्रो संस्करणमा नाै वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया