केपी ओली कपमा आर्मीकाे फराकिलाे जित, कुशल मल्लकाे अलराउन्ड प्रदर्शन

 मंसिर ११, २०८० सोमबार १६:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबमा विजयी शुरुवात गरेकाे छ । आज साेमवार पाेखरा रङ्गशालामा भएकाे खेलमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलाे’ लाई १ सय १० रनकाे फराकिलाे अन्तरले हरायाे । आर्मीकाे जितमा कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे ।

आर्मीले दिएकाे १ सय ९६ रनकाे विशाल लक्ष्य पछ्याएकाे मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘निलाे’ १५ ओभर ४ बलमा ८५ रनमा अल आउट भयाे । मदन भण्डारी ‘निलाे’ का कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । बलिङतर्फ आर्मीका कुशल मल्लले ३ तथा जितेन्द्र मुखिया र शाहब आलमले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायाे । आर्मीका सन्ताेष कार्कीले ४१, कप्तान विनाेद भण्डारीले ३८, विवेक यादवले नट आउट २९, कुशल मल्लले २५ र बसिर अहमदले २३ रन जाेडे । बलिङतर्फ मदन भण्डारी ‘निलाे’ का मिहूल श्रेष्ठले २ विकेट लिए ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया