एनएसएलमा इलामकाे पहिलाे जित, झापालाई १–० गाेलले हरायाे

 मंसिर ११, २०८० सोमबार २०:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा स्पाेर्टिङ इलाम एफसीले पहिलाे जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वकाे दशरथ रङ्गशालामा भएकाे खेलमा इलामले झापा एफसीलाई १–० गाेलले हरायाे । खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । इलामकाे जितमा खेलकाे ८७ औँ मिनेटमा अमाथ एनडाले गाेल गरे । यसअघि ८४ औँ मिनेटमा इलामले पेनाल्टी पाउँदा अमाथले प्रहार गरेकाे बल पाेस्टभन्दा निकै माथिबाट बाहिरियाे ।

इलाम पहिलाे खेलमा काठमाण्डाै रेजर्ससँग पराजित भएकाे थियाे । झापा भने पहिलाे खेलमा पराजित भयाे । प्रतियाेगितामा भाेलि मङ्गलवार बेलुकी साढे ५ बजे एफसी चितवन र काठमाण्डाै रेजर्सबीच खेल हुँदैछ ।

अन्तिम अपडेट: फागुन १२, २०८०

तपाईको प्रतिक्रिया