अमेरिकामा तीन हप्ताअघि नै मृत्यु भएका वेश्यालयका मालिकले चुनाव जिते

 कात्तिक २१, २०७५ बुधबार २०:३९:५६ | एजेन्सी
unn.prixa.net

अमेरिकामा बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा सबैलाई चकित तुल्याउने एउटा घटना घटेको छ ।

अमेरिकी मध्यावधि चुनावमा तीन हप्ताअघि नै मृत्यु भएका एक उम्मेदवारले जित हात पारेका छन् । चुनाव जित्ने व्यक्ति ७२ वर्षीय डेनिस होफ हुन् । अमेरिकाका विभिन्न ठाउँमा कानुनी रुपमा वेश्यालय चलाएका छन् । 

७२ वर्षीय होफ नेभादाबाट चुनाव लड्दै थिए । गएको १६ अक्टोबरमा आफ्नै वेश्यालयमा जन्मदिन मनाएपछि उनको मृत्यु भएको थियो । उनी ट्रम्पको पार्टी रिपब्लिकनबाट उम्मेदवार बनेका थिए । उनको मृत्यु भए पनि ब्यालेटबाट उनको नाम हटाइएको थिएन । उनलाई ६८ प्रतिशत भोट प्राप्त भएको छ । होफले डेमोक्रेटिक उम्मेदवार लेसिया रोमनोवलाई ठूलो अन्तरले हराए । 

रिपब्लिकन पार्टीले पहिले नै होफको नाम सूचीबाट नहटाउने बताएको थियो । अब मृत्यु भैसकेका होफले चुनाव जितेपछि पार्टीले उनको ठाउँमा अरु कसैलाई नियुक्त गर्नेछ । 

होफले केही पुस्तकसमेत लेखेका छन् भने केही अडल्ट टीभी सिरिजमा समेत काम गरेका छन् । उनी अमेरिकामा वेश्यालयमा लगाइने प्रतिबन्धविरुद्ध थिए । अमेरिकामा नेभाडा राज्यमा मात्रै वैधानिक रुपमा वेश्यालय चलाउन पाइन्छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया