गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेकाे छ ।
म्यान्चेस्टर सिटी युक्रेनको शख्तर डोनेक्सलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै समूह एफबाट नकआउट चरण नजिक पुगेको छ । घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीका लागि ब्राजिलियन स्ट्राइकर गाब्रियल जेससले ह्याट्रिक पूरा गरे । उनले दुई गोल पेनाल्टीमा गरे भने एक गोल खेलको अन्तिम मिनेटमा गरेका थिए ।
त्यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियद मेहेरेजले एक एक गोल गरे । जितसँगै सिटीको ९ अंक भएको छ ।