पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे खेलमा मधेसले एपीएफलाई ११ रनले हरायाे ।
मधेसले दिएकाे १ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्याे । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जाेराले ५४ र लाेकेश बमले ३२ रन जाेडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।
यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायाे । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जाेडे । बलिङतर्फ एपीएफका माैसम ढकालले ३ र अमर राैटेलाले २ विकेट लिए ।
अब मधेसले फाइनलमा भाेलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएकाे पहिलाे सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।