युगान्डाले रच्याे इतिहास, टी–२० विश्वकपमा छनाेट

विश्वकप खेल्ने २० वटै टाेलीकाे टुङ्गाे लाग्याे

 मंसिर १४, २०८० बिहीबार १९:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युगान्डाले आउँदाे वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनाेट हुँदै इतिहास रचेकाे छ । टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलाे पटक विश्वकपमा पुगेकाे हाे ।

नामिबियामा भइरहेकाे आईसीसी टी–२० विश्वकप अफ्रिका छनोटमा आज बिहीवार रवान्डालाई ९ विकेटले हराउँदै युगान्डाले शीर्ष २ मा रहेर टी–२० विश्वकप खेल्ने भएको हो ।

युगान्डाकाे १९ वर्षमुनिकाे टाेलीले ३ पटक विश्वकप खेले पनि राष्ट्रिय टाेली पहिलाे पटक विश्वकपमा पुगेकाे हाे । अफ्रिका छनोटबाट नामिबिया १ खेलअघि नै विश्वकपमा पुगिसकेकाे छ । 

योसँगै आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै २० वटा टोलीको टुङ्गो लागेको छ ।

यस्ताे छ टाेली– 

अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया